खापुङले राज्यमन्त्रीको सपथ नलिने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्रीको पद अस्वीकार गरेका छन् ।

चार मन्त्रालयको जिम्मेवारी पाएको एकीकृत समाजवादीले खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर खापुङ भने सपथग्रहण कार्यक्रममा उपस्थित नहुने मनस्थितीमा रहेका छन् ।

यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको । खापुङ तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *