बांके । कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएका छन ।
खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट ती थुनुवा भागेको जिल्ला प्रहरी कार्यालय बांकेले जानकारी दिएको छ।
बाँके प्रहरीले लागूऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएपछि उनलाई कोरोना संक्रमण देखिएकोृ थियो । थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार राती भागेका हुन्।
