आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउँदै

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री बन्नेको टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने तयारी रहेको छ। हिजो दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सैद्धान्तिक सहमति भएपछि पार्टीले मन्त्रीको टुंगो लगाउन आज बैठक बोलाएको स्रोतले जनाएको छ । ‘सम्भवतः मन्त्री बन्नेको टुंगोसमेत आजको बैठकले लगाउने छ ।

सत्ता साझेदार दलहरूबीच हिजो मन्त्रालयको भागबण्डा टुंगिएको छ । यसअघि अर्थ र ऊर्जा मन्त्रालय पाइसकेकोमा ओवादी केन्द्रले थप शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास पाउने सहमतीमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *