काठमाडौं ।नेकपा एमालेका नेता खिमलाल भट्टराईले कांग्रेसको टेको खोजेर हिँडेका माधवकुमार नेपालको हालत आगामी चुनावमा देखिने ठोकुवा गरेका छन् । माधव नेपाल समूहमा मुस्किलले पाँच-सात प्रतिशत मानिस लागेको उनको दाबी छ ।
नेता केसीले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीजीले दुई चोटि प्रतिनिधिसभा भत्काउनुभयो । हामीले पुनःस्थापना गरेपछि पनि भत्काउनका लागि सांसदहरुलाई उफारिरहनुभएको छ । ओलीजीलाई त संसद् देख्नै नहुनी रहेछ । ओलीजीले सत्ताबाट हट्नुपरेको पिरलो र बदलाको भावनाले संसद्लाई अनिर्णयको बन्दी बनाइरहनुभएको छ । उहाँ संसद्लाई फेरि पनि भत्काउन लाख कोसिस गरिरहनुभएको छ ।
नेता केसीले ओलीले देशलाई रमिता बनाउन खोजेको आरोप पनि लगाए । उनले थपे, “ओलीले संविधानमा नै नभएको व्यवस्था अनुसार संसद् भत्काउनुभयो । अरु देशको कानुनको कुरा जिद्दी र ढिपी गरेर हुन्छ ? संसद्को आयु अझै एकाध वर्ष छ । कोभिडका बेला मुलुकलाई जबर्जस्ती चुनावमा धकेल्नै हुन्न । त्यो रमिता त देखाउने कुरा मात्रै हुन्छ ।”
नेता केसीले एमसीसी खारेज हुनुपर्ने स्पष्ट पारे । उनले भने, “एमसीसी अमेरिकी साम्राज्यवादको षडयन्त्र हो । पहिले ओलीले सकेनन्, अहिले देउवाले कोसिस गरिरहेका छन् । तर यो नेपाली जनतालाई मान्य छैन । दान दिने मान्छे लौरो लिएर किन नेताको घरघरमा धाए ? यो जून-घामझैं छर्लंग छ । अमेरिकाले एमसीसीलाई खाए खा नखाए घिच् किन भनिरहेको छ ?”
कांग्रेसले एमसीसी पास गर्ने एजेन्डा ल्याउँदा आफूहरुले न्यूनतम साझा कार्यक्रममा राख्न नदिएको पनि केसीले बताए ।
