एमाले स्थायी कमिटीमा सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल भएको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रस्ताव, संगठन सम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा छलफल भएको हो ।

उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताए । बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनले बताए ।

भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए । उनले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने स्थायी कमिटीले निर्णय गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *