एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टी-२० आई टिमको कप्तानी छोड्ने भएका छन् । कोहलीले बिहीबार सामाजिक सञ्जालमार्फत आगामी अक्टोबरमा दुबईमा हुने टी-२० विश्वकपपछि टोलीको टी-२० आईको कप्तानको जिम्मेवारी छोड्ने जनाएका हुन् ।
यसअघि विभिन्न सञ्चारमाध्यमबाट विराटले टी-२० र एकदिवसीयको कप्तानी छोड्ने कुरा बाहिर आएको थियो । टी-२० को कप्तानबाट पछि हटेपनि विराटले एकदिवसीय र टेस्टमा भने कप्तानीको पदमा निरन्तरता दिनेछन् । पछिल्लो लगातार ६ वर्षदेखि टोलीको सबै फर्म्याटको कप्तानी समालेका विराटले आफ्नो ब्याटिङमा ध्यान केन्द्रित हुन कप्तानी छोडेको जनाएका छन् ।
विराटले छोडेपछि अब टी-२० आईको कप्तानी रोहित शर्माले समाल्ने प्रबल सम्भावना रहेको छ ।
View this post on Instagram
