कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला

कैलाली। कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएको दुई घण्टापछि चौधरी मृत फेला परेका हुन्। मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। उनी केही दिनअघि बिदामा घर पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *