ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् ।
ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ । सो जहाज साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।
