क्यामरुनमा भएको भिडन्तमा नौ सैनिक र चार पृथकतावादीको मृत्यु

क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् ।

पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् । उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् ।

सो क्षेत्रमा सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *