डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत शम्भु थापाले जानकारी दिए ।

उक्त कार्यक्रममम कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको हो । जिल्लामा कक्ष १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना विरुद्धको खोपलगाउने बडिकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप लगाउने छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *