भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भवन निर्माणका क्रममा लोकवीर बेताली÷पाँचकुमारी जेभीका लगानीकर्ता अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलेमतोमा ४२ लाख बराबरको नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी तयार पार्ने काममा नेपाल बैंक मङ्लगवा शाखा सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाहको संलग्नता देखिएको पाइएको छ ।

आयोगले रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचारजन्य कसुर रहेको ठहरसहित बिगोबमोजिमको सजाय कायम गर्दै मंगलाबर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै गलत तरिकाले ग्यारेन्टी पेपर तयार गर्न लगाउने निर्माण व्यवसायीद्वय गुप्ता र पासवानविरुद्ध पनि बिगोअनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *