काठमाडौँ । लुटपाट गर्ने उद्देश्यले अटोमेटिक पेस्तोल लिएर हिँड्दै गरेका २ जनालाई २ थान पेस्तोलसहित प्रहरीले आज पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अमेरिकामा बनेकाे २ थान पेस्तोल, २ थान म्यागजिन र त्यसमा लाग्ने गोली ९ राउन्डसमेत बरामद गरेको छ ।
प्रहरीले उक्त पेस्तोलसहित नुवाकाेट शिखरवेशी ६ का अमरसिहं तामाङ र लिपु गाउँपालिका १ का विकेश पण्डितलाई बालाजु माछापाेखरीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
