निषेधाज्ञा जारी भएकै बेला गाेली हानी पुजारीको हत्या

रौतहट । रौतहटमा चार दिनको अन्तरालमा दुई जनाको हत्या भएको छ । बुधबार राति माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको छ । लामो समयदेखि मन्दिरमा रहँदै आएका पुजारी साहको मन्दिर प्राङ्गणमा खाना खाईरहेको समयमा बन्दुकधारीले कन्चटमा गोली हानी हत्या गरेको जनाइएको छ ।

हत्या गरेपछि ती समुह फरार रहेका छन् । प्रहरीले खोजी जारी राखेको जनाएको छ । गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निवासी १७ वर्षीय निरञ्जन राम चमारको धारिलो हतियारबाट घाटी रेटी हत्या भएको थियो । घटना भएको दुबै क्षेत्र ईलाका प्रहरी कार्यालय गरुडाअन्तर्गत पर्दछ ।

रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा दुबैको हत्या भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्ला लाई निषेधाज्ञा जारी गरिएको छ तर, यही समयमा अपराधिक घटनासमेत भैरहेको छ ।

पछिल्लो समय रौतहटमा अपराधिक घटनामा बृद्धि भएको जनाएको छ । प्रहरी उपरिक्षक रबीराज खडकाले पुजारीको हत्यापछि घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *