लमजुङमा आगलागी, दम्पतीको निधन

लमजुङंं । लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतिको निधन भएको प्रहरीले जनाएको छ ।

राती १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ बर्षिय धर्मराज भण्डारी र उनको श्रीमती पशुपति भण्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताएका छन् ।

उनिहरुको घटनास्थलमै निधन भएको कर्कीले बताए। घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने कार्कीको अनुमान छ । प्रहरीका अनुसार धन्सार पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *