काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनबाट आफू दुःखी भएको उनले बताए ।
एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौं काब्य कृति सदा पठनीय र मननीय हुने कुरा व्यक्त गर्दै उनको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको समेत शाहले स्मरण गरेका छन् ।
साथै पूर्वराजा ज्ञानेन्द्रले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
राष्ट्रकवि घिमिरेको मंगलवार साँझ ५ ५५ बजे उनकै निवास लैनचौरमा भएको हो ।