काठमाडौं । सामाजिक द्धन्द्ध भडकाउने खालको म्युजिक भिडियो बनाएर राष्ट्रिय झन्डा जलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एउटा म्युजिक भिडिओमा उनीहरुले राष्ट्रिय झन्डा जलाउने र नेतामाथि लागी गलौज गरेको भिडियो युटुवमा सार्वजनिक भएको थियो ।
चार जना पक्राउ गरि सकिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।
उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।
एसएसपी थापाका अनुसार अब ६–७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ।
पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा नयां बानेश्वरमा राखेर अनुसन्धान भइरहेको थापाले बताए।
भिडयोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको थापाले बताए।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखिन्छ ।
उक्त काण्डमा मुछिएकाहरूलाई कडा भन्दा कडा सजाय हुने थापाले बताए।
