धुलिखेल । धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ वर्षीय कोरोना संक्रमितको पुरै परिवारमा कोरोना संक्रमण देखिएको छ ।
बानेश्वर बस्दै आएका ती ९८ वर्षीय बृद्धको उपचारको क्रममा मृत्यु भएपछि परिवारका ७ जनाको नै कोरोना परीक्षण गर्दा पोजेटिभ आएको होे ।
त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
