नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सप्टेम्बर महिनामा हुने आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अगाडि पवुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने भएको छ ।

नेपालले ओमनमै भदौ २० गते डे र २३ गते डे नाइट गरि दुई एक दिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । त्रिकोणात्मक सिरिजको लागि नेपाली टोली हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *