४० वर्ष जेल जिवन विताएर घर फर्किएका तिम्सिना एकाएक घरबाटै बेपत्ता

काठमाडौं। भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना घरबाट हराएका छन् । आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेका दुर्गाप्रसाद कता गए भन्ने पत्तो नभएको परिवारजनले बताएका छन् ।

दुर्गाप्रसाद अरू दिन पनि साँझ ४र५ बजेतिर घरबाट ‘इभिनिङ वर्क’मा निस्किएर केहीबेरमा घर फर्किन्थे । तर, आइतबार साँझ घरबाट हिँडेपछि फर्केका छैनन् । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताउँदै आएको थियो । उनको खोजिकार्य भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *