शंकर पोख्रेललाई अल्पमतमा पारेका डाँगी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त भएका छन्। नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए। डाँगीको राजीनामापछि यसअघिका मुख्यमन्त्री शंकर पोख्रेलको अल्पमतमा परेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण लगत्तै बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *