हेलिकप्टरबाट पानी हालेपछि बल्ल नियन्त्रणमा आयो बिस्कुट कारखानामा लागेको आगो

काठमाडौं, साउन २३ । बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो अन्ततस् नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।

सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको हो । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *