नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं । नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका क्रममा विदेश गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएका गहना लुटपाट गरेको आरोपमा प्रहरीले भक्तपुर चागुँनारायण–४ बस्ने ३५ वर्षीय सिताराम गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट नेपाल फर्किएका मानिस प्रयोग गरि तस्करी गरि ल्याएका सुनका गहना विमानस्थल गेट बाहिर सडक बाटोमा निगरानि गरी पिछा गर्दै एकान्त पारी रोकेर नेपाल प्रहरीको डिसपी हुँ भनि जाँच गर्ने बहानामा लुटपाट गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

नक्कली प्रहरी बनेर लुटपाट गरेको सूचना पाएपछि विशेष टोली परिचालन गरी खोजतलास गर्दा गुरूङलाई प्रहरीले चावहिलबाट नियन्त्रणमा लिएको सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *