युभेन्टसलाई बेर्लुस्कोनी टर्फी

प्रज्जवल थापा
काठमाडौं। नयाँ सिजनको तयारीमा रहेको युभेन्टसले लुइगी बेर्लुस्कोनी ट्रफीको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसले मोन्जालाई २-१ गोलले हराउँदै प्रि-सिजनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

युभेन्टसलाई जित दिलाउन फिलिप्पो रानोचिया र डेजान कुलुसेवस्कीले एकरएक गोल गरे । मोन्जाको लागि मार्को डालेसान्ड्रोले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको १३ औं मिनेटमा रानोचियाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा कुलुसेवस्कीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

८७ औं मिनेटमा डालेसान्ड्रोले गोल गर्दै मोन्जालाई २-१ को अवस्थामा ल्याएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा युभेन्टस २(१ गोलले विजयी भयो । यसअघि भएको दुई मैत्रीपूर्ण खेलमापनि युभेन्टसले जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *