काठमाडौँ । मोरङकी एक कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको गएको मध्यरातमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको एक घण्टापछि नै उनको निधन भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो ।
उनलाई श्वाँसप्रश्वाँस, थाइराइड र मुटुसम्बन्धी समस्या रहेको यसअघि उनले भारतमा उपचार गराएको पाइएको डा. सापकोटाले जानकारी दिए ।
