पुष्पलाल राजमार्ग निर्माणमा भ्रष्टाचार, अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएको हो ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम भई एउटा ठेक्काबाट इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने गरिएको अख्तियारले जनाएको छ । यसरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएको अख्तियारको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *