काठमाडौ । नेपाल सरकारको निर्णय अनुसार उपरथीमा पदोन्नति हुनु भएका सहायक रथी बिज्ञानदेव पाण्डेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
उपरथीमा पदोन्नति हुनुभएका उपरथी पाण्डेलाई उत्तर पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
