कोरोना महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञहरुको १८ बुँदे सुझाव

काठमाडौं । विज्ञहरुले कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् ।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षितलगायतले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्न र स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न सुझाव दिएका छन् ।

उनीहरुले अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिएका छन् । कोभिड परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि उनीहरुको सुझाव छ । उनीहरुले अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *