नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीको दौडधूप

काठमाडौं। कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ ।

उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई छुट्टाछुट्टै भेटे । भेटमा उनीहरूले कोभिडविरुद्धको खोपमा निजीक्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रधानमन्त्री, अर्थमन्त्रीलाई शुभकामना तथा बधाई दिन गएका टोलीले कोभिड महामारीको समयमा खाद्यान्नलगायत अत्यावश्यकीय वस्तु आपूर्तिमा निजीक्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिडविरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरू र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री–अर्थमन्त्री सकारात्मक रहेको बताए ।

महासंघका तर्फबाट ती दुवै भेटवार्तामा सरकारको बजेटमा समेटिएका निजीक्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न समेत जोड दिइएको थियो ।

सरकारको राजस्वको मुख्य स्रोत निजीक्षेत्र र निजीक्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी भएको भन्दै निजीक्षेत्रले गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *