काठमाडौं, असार ३१ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।
आज बस्ने भनिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन् ।
सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।
पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने तयारी रहेको छ ।
साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा देखिएका समस्याबारे पनि भोलीको बैठकमा छलफल हुनेछ ।