पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर

काठमाडौं, असार २९ । सरकारले पहिलोपटक कोटेश्वर–कंलकी सडक खण्डको ग्वार्कोमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा फ्लाइओभर निर्माणको लागि सोमबार टेन्डर आह्वान गरेको हो। फ्लाइओभर निर्माणमा सहभागी हुने ठेकेदार कम्पनीले आगामी साउन २६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेका थिए।

अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेकोमध्ये एउटा मात्रै खण्डमा फ्लाइओभर निर्माणको लागि टेन्डर आह्वान भएको हो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ग्वार्को चोकको फ्लाइओभर (ओभरपास) इन्जिनियरिङ प्रोक्योरेमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा बनाइने बताए।

‘चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको योजनालाई मूर्त रूप लिन टेन्डर आह्वान गरिएको हो,’ उनले भने, ‘फ्लाइओभर नेपालकै पहिलो परियोजना हो। फ्लाइओभरभन्दा पनि ओभरपास निर्माण गर्न लागिएको हो।’ महानिर्देशक थापाले पूर्वाधार विकासमा फ्लाइओभरको निर्माणले ठूलो अर्थ राख्ने दाबी गरे। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image