वेस्ट इन्डिजलाई टी-२० सिरिज

प्रज्जवल थापा । अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा जारी टी-२० सिरिज वेस्ट इन्डिजले आफ्नो पोल्टामा पारेको छ । मंगलबार बिहान भएको तेस्रो टी-२० मापनि अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले ५ खेलको सिरिजमा ३-० को अग्रता लिएको हो ।

१ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इन्डिजले १४.५ ओभरमै ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै लक्ष्य भेट्टायो । इन्डिजको लागि क्रिस गेलले सार्वधिक ६७ रन बनाए । उनले ३८ बलमा ७ छक्का र ४ चौका प्रहार गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका निकलोस पोरानले २७ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै लेन्डल सिमोन्सले १७, ड्वायन ब्राभो र आन्द्रे रसेलले समान ७/७ रन जोड्दा आन्द्रे फ्लेचरले ४ रनको योगदान गरे ।

अष्ट्रेलियाको लागि रिले मेरेडिथले ३.५ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । मिट्चेल स्टार्कले ४ ओभरमा १५ रन दिएर १ विकेट लिए ।

यसअघि डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्न उत्रिएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाको लागि कप्तान एरोन फिन्च र मोइसेस हेन्रिक्विसले बाहेक अन्य ब्याट्सम्यानले गतिको स्कोर बनाउन सकेनन् । हेन्रिक्विसले २९ बलमा २ छक्काको सहयोगमा २३ रन जोड्दा फिन्चले ३१ बलमा २ चौकाको मद्दतमा ३० रन जोडे । यस्तै एष्टोन टर्नरले २४, माथेउ वेडले २३ र एलेक्स क्यारीले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

वेस्ट इन्डिजलाई मध्यम स्कोरमा रोक्न हाय्डेन वाल्सले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । यस्तै ओबेड मोक्कोय, डिजे ब्राभो र फाबियन एल्लेनको नाममा एक/एक विकेट रह्यो । जितसँगै वेस्ट इन्डिजले ५ खेलको सिरिजमा ३-० को अग्रता लिएको छ । दुई टोलीबिचको चौथो टी-२० बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *