यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

अहिले प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदलीरही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १(२ स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *