काठमाडौं । सशस्त्र प्रहरी बलको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।
यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो । सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेको हुनुपर्छ ।
२१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् । सशस्त्र प्रहरी नियमावली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।
जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने उल्लेख छ ।

