काडमाडाैँ । नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
यसअघि मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो ।
