बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु

बारा । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *