ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत् ५० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
निमोनियाका कारण समस्या भएपछि यही २५ गते अस्पताल भर्ना भएकी काभ्रे घर भएकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार मृत्यु भएपछी उनको स्वाब परीक्षण गर्दा दिउँसो कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
