ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपलिकाले कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो ।
‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मिएका हुन् ।
