डेनमार्कलाई हराउँदै बेल्जियम अन्तिम १६ मा

प्रज्जवल थापा । फिफा वरीयताको शिर्ष स्थानमा रहेको बेल्जियम युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा पुगेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको हो ।

बेल्जियमलाई जित दिलाउन केभिन डी ब्रुयन र थोर्गन हजार्डले एक/एक गोल गरे । डेनमार्कको लागि युसेफ पोउल्सेनले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा डेनमार्क हार बेहोर्न बाध्य भयो । पहिलो हाफको दोस्रो मिनेटमै होजब्जेर्गको पासमा पोउल्सेनले गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा डि ब्रुयनको पासमा थोर्गन हजार्डले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए । ७० औं मिनेटमा इडेन हजार्डको पासमा डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बेल्जियमले २-१ गोलको पुनरागमन जित निकालेको हो ।

जितसँगै बेल्जियम २ खेलबाट ६ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । अन्तिम खेलमा फिनल्यान्डलाई बराबरीमा रोकेमात्रपनि बेल्जियम शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ । यता डेनमार्कलाई अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जिवित राख्न अन्तिम खेलमा रसियालाई पराजित गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *