इटालीलाई स्वीजरल्यान्डको चुनौती

प्रज्जवल थापा । युरो कप २०२० अन्तर्गत हुने समूह ‘ए’को दोसो खेलमा आज स्वीजरल्यान्डले इटालीलाई आफ्नो चुनौती पेश गर्दैछ । स्टेडियो ओलम्पिकोमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । इटाली घरेलु मैदानमा हुने खेल जित्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । इटालीले पहिलो खेलमा टर्कीलाई ३-० गोलले पराजित गरेको थियो । इटाली आफ्नो पछिल्लो ९ खेलमा अपराजित रहेको छ ।

यता पहिलो खेलमा वेल्ससँग बराबरीमा रोकिएको स्वीजरल्यान्ड आजको खेल जित्दै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । स्वीजरल्यान्डले आफ्नो पछिल्लो ५ खेलमा ४ जित र १ बराबरको नतिजा निकालेको छ ।

टर्की विरुद्व वेल्स

समूह ‘ए’ को अर्को खेलमा टर्की र वेल्स भिड्दैछन् । नकआउट चरण प्रवेशको लागि दुवै टोली आजको खेलमा जित निकाल्न निकै आवश्यक रहेको छ । टर्की पहिलो खेलमा इटालीसँग पराजित भएको थियो भने वेल्सले स्वीजरल्यान्डसँग बराबरी खेलेको थियो । हाल वेल्स १ खेलबाट १ अङ्क जोड्दै समूहको तेस्रो स्थानमा छ भने अङ्कविहिन टर्की पुछारमा छ ।

फिनल्यान्ड विरुद्व रसिया

पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको फिनल्यान्ड आजको खेलमा जित निकाल्दै अन्तिमा १६ मा पुग्ने योजनामा छ । फिनल्यान्ड पहिलो प्रातियोगितालाई नै यादगार बनाउने लक्ष्यमा छ । यता पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रसिया समूहचरणबाटै बाहिरिने डरमा छ । आजको खेलमा पराजित भएको खण्डमा रसियाको नकआउट चरण पुग्ने बाटो कठिन हुन सक्छ । हाल फिनल्यान्ड १ खेलबाट ३ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ भने अङ्कविबिन रसिया पुछारमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *