गण्डकी । गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि नीति बनाउने भएको छ । आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि नीति बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रवक्ताको रुपमा विना विभागिय मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकले नीति तथा कार्यक्रम सोमबार ल्याउने र बजेट असार एक गतेनै ल्याउने निर्णय गरेको छ । बजेट र नीति तथा कार्यक्रमबारे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् ।
