वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासका कर्मचारी तथा सुरक्षाकर्मीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेको जनाइएको छ ।
साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
