फेरि सर्यो एमालेको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हुँदैछ।

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *