खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले सबै नागरिकलाई शिघ्र खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

त्यस्तै अर्थमन्त्रीले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यस्तै, अर्थमन्त्री पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् । उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *