इनरुवा । एक किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालते आदेश दिएको छ ।
जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि सोमबार थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए ।
