थप ९४८३ जनामा कोरोना संक्रमण, २२५ को मृत्यु, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । क्वारेन्टाइनमा ४ सय ४८ जना रहेका छन् भने आइसोलेसनमा ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *