ओलीलाई किन विदाइ गर्ने ? यस्ता छन् बाबुरामले अघि सारेका चार कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु पर्ने चार कारण रहेको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत भट्टराईले कोरोना नियन्त्रणमा असफल रहेको, संविधान विपरित संसद विघटन गरेको, नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतातर्फ धकेलेको तथा संवैधानिक अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेकाले उनलाई विदाइ गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारणः १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको; २. संविधान विपरित संसद विघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; ४.खोप./औषधि खरिदमा समेत भ्रष्टाचार गरेको !’
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *