लुम्बिनीका चार दलले भने-मुख्यमन्त्री पोखरेलले फेरि पनि राजीनामा दिई मार्ग प्रशस्त गर्नुको बिकल्प छैन

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै असंवैधानिक निर्णय फिर्ता लिई केसीलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गरेका हुन् ।

उनीहरुले प्रदेश सभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाले केसीलाई समर्थन गरेका तर मुख्यमन्त्री पोखरेलको समर्थनमा ३८ जनामा रहेका दावी गरेका छन् ।

आफू अल्पमतमा रहेको थाहा हुँदाहुदै पनि संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक चरित्र र निरंकुश कदम मात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको चार दलको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *