ममता बेनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीको तेस्रो कार्यकालका लागि सपथ

भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी छन् ।

कोरोनाभाइरस महामारीका कारण सपथ्रहण कार्यक्रममा थोरै मानिसमात्र सहभागी भएका थिए । गतमार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन् । नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको मन्त्रिपरिषदका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ । बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिएकी हुन् अब उनी छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर विधान सभा सदस्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *