एसईई र कक्षाको १२ को परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र कक्षा १२ को परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पूर्वनिधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले मुख्य सहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उनले जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि आवश्यक तयारीसमेत गरिएको उनले बताए । सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ । गतवर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो । कक्षा १२ को परीक्षा बोर्डले नै सञ्चालन गरेको समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *