लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोइ ? भन्दै युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तित्वहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् ।

तर ति पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *